ईश्वरी भट्ट (नेपाल : गोरखा, भिमशेन गा. पा. ६, वि सं २०१९ सुपुत्र : डिल्लीराम भट्ट-दुर्गादेवी भट्ट) विदेशमा रहेर नेपाली भषा साहित्यको सेवामा समर्पित प्रतिभा हुन् । हाल उनी कंकर्ड न्यूह्यामसायर अमेरिकामा बसोबास गर्छन् । उनी अनेसास वोर्ड अफ ट्रष्टी पुरस्कार समिति सदस्य हुन् । उनले संस्थापक महासचिवका रूपमा अनेसास न्यूह्यामसायर(२०१३-१५)मा काम गर्नका साथै अनेसास न्य्ह्यामसायर पत्रिकाका प्रधान सम्पादक पनि हुन् । उनी गैरआवासीय नेपाली सङ्घ न्यूह्यामसायरको संस्थापक अध्यक्ष (२०१७ २०१९) तथा गैर अन्तराष्ट्रिय समिती गै. आ. ने. सं. भाषा साहित्य समिति (२०१९-२०२१) का संस्कृति तथा संपदा समितिका सदस्य पनि हुन् । उनले विदेशमा रहेर आपतकालीन कोष संस्थापक र संयोजक (नेपाली समाज न्यूह्यामसायर), कल्ब डाइरेक्टर (एभरेष्ट सेन्टिनेन्टल लायन्स कल्ब (२०१९-२१) भएर पनि सेवा गरिरहेका छन् । उनका सम्पदनमा डाक्टर नभएमा (बालस्वास्थ्य शिक्षा वि. सं.२०५४-५६) परदेशी मनका ढुक ढुकीहरू (०१५ इ. सं. संकलित कवितासङ्ग्रह) अनेसास स्मारिका र क्यालेण्डर (२०१९) का साथै आमा र माटो (कवितासङ्ग्रह, इ.सं.२०२०,जनवरी), भूतको कथा (२०२०), केही फूलका थुँगाहरू (नेपालीर अङ्ग्रेजी कविता, गीतिकविता र मुक्तकहरू , सन २०२०, जुलाइ २०) जस्ता कविता र कथाका कृति पनि प्रकाशन गरेका छन् । उनी नेपाल र अमेरिकाका विविध संस्थाबाट सम्मानित पनि छन् । साहित्य सागरको माधव घिमिरे विशेषाङ्कमा उनको घिमिरेलाई विषय र विम्ब बनाएको कविता समेटिएको छ ।
-सम्पा.
|
मनभरिका शब्द सुमन तिमीलाई
तनभरिका स्नेह र स्मृति तिमीलाई
आऊ फेरि आऊ जन्म फेरि जन्म
फेरि पनि स्वागत छ यहाँ तिमीलाई ।मनमुग्ध भाव र भाकाहरू कस्ले सिर्जन्छ
नेपालीका कानभरि मन्त्रमुग्ध कस्ले पार्छ
आऊ फेरि पनि आऊ यो सागरमा
सबलाई तिम्रा अझओजस्वी सास्वत रचना सुनाऊ ।
तनभरिका स्नेह र स्मृति तिमीलाई
आऊ फेरि आऊ जन्म फेरि जन्म
फेरि पनि स्वागत छ यहाँ तिमीलाई ।मनमुग्ध भाव र भाकाहरू कस्ले सिर्जन्छ
नेपालीका कानभरि मन्त्रमुग्ध कस्ले पार्छ
आऊ फेरि पनि आऊ यो सागरमा
सबलाई तिम्रा अझओजस्वी सास्वत रचना सुनाऊ ।
जे दियौ त्यतिले मात्र नभई अझै
रसास्वादन चाहन्छन् नेपाली
अब फेरि अर्को गौरी सजाऊ तिम्रो मिठासमा
जलचर, थलचर सबै नाच्नेछन् गाउँने छन्
फेरि पनि नेपाल र नेपाली उस्तै रमाउने छन् ।
आऊ माधव आऊ काव्यै काव्यले सजाऊ
गीतैगीतले सजाऊ सिङ्गो धर्ती नाचोस्
हाम्रो सान विश्वमा अझै बेजोड बनोस्
नेपाली मन मस्तिष्क विश्वले चाखोस् ।
आऊ फर्क फेरि फर्क तिमी आउनुपर्छ
तिम्रो स्वागत मनैबाट तिम्रै सुवासले गर्छ
जन्मेपछि थाहा छ मर्नुपर्छ त्योत के
फेरि आएपछि पो अझ मान बढ्छ ।
आऊ नबिर्सी आऊ यो बुध्दको देशमा
सगरमाथाको देशमा देवगणको भेषमा
सुटुक्क आऊ हिजोजस्तै कृति कमाऊ
बरु नाम फेरेरै भने पनि आऊ यहीँ रमाऊ ।
हे राष्ट्रकवि हे युगकवि धर्तीमाझ आऊ
सुकेको छैन भागीरथाको कलम यो फेरि समाऊ
हिजोभन्दा अझै राष्ट्रभक्तिको धुन घन्काऊ
स्वर्गभन्दा मर्तेलोकमै रमाऊ फेरि आऊ ।