जीबा लामिछाने पुर्व अधक्ष, गैर आवासिय नेपाली संघ अन्तर राष्ट्रिय सवन्वय परिषद गैरआवासीय नेपाली संघ विश्वभरि छरिएर रहेका नेपालीलाई नेपालसँग जोड्ने साझा थलोका रुपमा विगत डेढ…
Browsing: बिभिन्न साहित्य/कला
भवदिय गोविन्दप्रसाद गौतम संयोजक गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति, भाषा तथा साहित्य उपसमिति २०१७ – २०१९ गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद, भाषा तथा साहित्य उपसमितिको…
भवदिय गोविन्दप्रसाद गौतम संयोजक गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति, भाषा तथा साहित्य उपसमिति २०१७ – २०१९ गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद, भाषा तथा साहित्य उपसमितिको…
डा. गंगा प्रसाद उप्रेती कुलपती, नेपाल प्रज्ञा प्रतिष्ठान
मणि नेपाली पनेरु क्यालिफोर्निया, यु एस् ए कस्तो तिम्रो मित्रता हो कस्तो तिमी साथी निर्वल छैनौ हामी पनी हेरीराछन माथि भुईंचालोले घर लड्यो गोही आसुँ…
सुरेन उप्रेती अटवा, क्यानडा कति ठूलो भएछौ नेपथ्यबाट आएको आवाजले झस्क्यायो आवाज आए तिर आँखा दौडाएँ । सून्य छ सम्शान झैं। आँखा मिचेर हेरें कानलाई छामेर…
ॲाफ्नै नाक कान घॅाटी पनि छुन हुन्न कठै वरा तिमी पनि परै वस पृय यो त क्वारेन्टाइनको वेला । के आयो कसरी आयो कहॅा जान्छ…
हाम्रो पहिला घर कुलो मुनि थियो रे। अग्लो दुइ तले खरको छाना भएको र अटली निकालेको थियो रे। दलानमा ॲाबै सुत्नु हुन्थ्यो रे।हजुर बुबा बाहिर कतै…
हरिहर दाहाल सनीभेल, क्यालिफोर्निय USA सफा सडक, भद्र मान्छे, बिजुली छ घरमा ! जात, भात, गोत्र-खान्दान चासो छैन थरमा !! पिज्जा,बर्गर, सूप-सलाद, पेट भरी…
हाम्रो पहिला घर कुलो मुनि थियो रे। अग्लो दुइ तले खरको छाना भएको र अटली निकालेको थियो रे। दलानमा ॲाबै सुत्नु हुन्थ्यो रे हजुर बुबा बाहिर कतै गएर रात एक्लै परेको बेला , घरको काम सकेर राती सुत्न जॅादा मनमा के के आइरहेथ्यो रे! दिन भरीको थकाइले थाकेको ज्यान ओछ्यान पाए पछि लिपिक्क निद्रा देवीकोमा पुग्ने नै भयो। मलक्क निदाइ रहेको बेला ॲाखाबारदलि तिर पुगेछन्। बाहीर दुइ तले घर जत्तिकै अग्लो मान्छे, सेतो कपडा लगाएको , लामा लामा हात खुट्टा के अचम्म हो , मान्छे तयता उता गर्छ। हजुर ॲाबै को सातो पुत्लो गएछ। सातो पुत्लो गएर पनि के गर्नु? एकै छिन सास थेगेर सिरक भित्र गुम्लुड॰ग छिरे पछिफेरी कौतुहल जाग्यो भुत हेर्न। सास नफेरी सिरक खोल्दा त केही छैन। यता उता सवै तिर शान्त छ तर मनमा भने उखर्मौलो भयो। यो केआयो, कता गयो, किन आको यस्तै यस्तै चिन्ताले रात छर्लंग भयो। दिन भरिको दिन चरिया सके पछि फेरी ओछ्यान तिर लाग्नै पर्यो। तरदलानीमा सुत्न सारै गार्हो भयो। भित्र झ्यालको छेउमा ओच्छ्यान सारेर सुत्ने विचार गर्दै ॲीबै माथिल्लो तला तिर लाग्नु भएछ, कपडा भित्र ल्याइ ओच्छ्यान लगाउदै वाहिर हेर्दै ॲाखा र मनहरू आजित भए। डराइ डराइ ओच्छ्यान मिलायर सकसले सुत्ने प्रयास गर्दै गर्दावाहिर त भ्या भ्या भेडा करॅाउदै आएछ। सेता सेता विसाल भेडाहरू के अचम्म हो यो। यहॅा वास नपाइने भो, कहॅा जाने होला ॲाबैको मनपिरलिदै रात वितेछ। दिउसो तिर हजुर बुबा बाहीरबाट आइपुग्नु भएछ र ॲाबैले सव्वै वेली विस्तारी वताउनु भएछ। हजुर बुबाले मन्त्रकोरेखाले घर बॅाधि खाना खएर सुत्न जानु भएछ। मध्यरातमा बाहिर फेरी लामो ठूलो मान्छे हिडदै गरेको देखे पछि भोलि पल्ट बिहान वरपरका सवै छिमेकी बोलाइ घरमा राती भएका घटनाहरू वताउनु भएछ। सवैको परामर्श अनुसार कुलो माथि घर सार्ने सल्लाह भएछ। सवैछिमेकीहरूको सहयोगमा कुलोमाथि घर बनाइ दिएछन्। अली बर्ष नयॅा घरमा ढुक्ले वस्नु भएछ। एक दिन हजुर बुबा हलो छेक्न विहानै जानु भएछ। ॲाबै चुलोमा खाना वनाउदै अरू पनिकाम गर्दै व्यस्त रहेको वेला दैलो थेलोमा आएर एक जनाले भात पक्यो ॲाबै भनेछ। ॲाबै तलाबाट को आयो भन्दै हस्यां फस्यां गर्दै तलझर्दै पाक्दैछ, भर्खर वसालेको भन्दै ढोका नजिकै आएर हेर्नु भएछ। तर कोही छैन। यता उता सवै तिर हेर्दा कोही छैन। केही बर्ष अगाडिकोअग्ला लामा मान्छे र भेडाको आवाजको स्मरण आएछ। मन मनै फेरी के को भुतले सताउन थाल्यो भन्दै भान्सा तयारी तिर लाग्नु भएछ।हजुर बुबा आए पछि सवै कुरा वताउनु भएछ। हजुर बुबाले गॅाउ तिरका कोही होलान। डराउनु पर्दैन भनेर ढाडस दिनु भएछ। ॲाबैले पनिचित्त बुझाउनै पर्यो। भोलि पल्ट पनि खाना वसायर चुलोमा काम गरी रहेको बेला दैलो थेलोमा एउटा कुखुराको भाले आएर ॲाबै भातपीक्यो ? भनेर सोधेछ। हेर्दा कुखुराको भाले ॲाबै भात पाक्यो भन्छ। हिजो आउने पनि यही रहेछ भनेर ॲाबै मन मनै गम्न लाग्नु भएछ रपाक्दै छ भन्नु भएछ। यो भोली पनि आयो भने केही गर्नु पर्ला भनेर खुव विचार लगाउनु भएछ। हजुर बुबा घॅास लियर घर ॲाउदा खानातयार भएछ। बुढा बुढी खाना खादै आजको पनि घटना बारे छलफल भएछ। त्यसको भोली पल्ट हजुर बुबा बारीमा काम गर्न जान्न मत्यसलाइ कुरेर वस्छु भन्नु भएछ। ॲाबैले होइन काम नछोडौं, वस्तु भाउ घॅास पराल नभए मर्छन्। हजुर जानुस म त्यसलाइ एक उपाए गर्छुभन्नु भएछ। भोलीनपल्ट बढो गार्हो मन लिएर हजुर बुबा बारीमा घॅास लिन जानु भएछ। विहानको धन्दा सकी ॲगोनोमा कुॅडो वसाउदैचुलोमा खाना वसाउन थाल्नु भएछ ॲाबै। नभन्दै भात पाक्दै गरेको बेला फेरी दैला थेलोमा एक कुखुराको भाले आएर ॲाबै भात पाक्यो? भनेछ । ॲाबैले सुरीएर पाक्यो आउ खान भन्नु भएछ। कुखुराको भालेले दैला थेलो बाटै कहॅा वसौं भनि सोधेछ। ॲाबैले अगेनामा रातो हुनेगरी तताइ राखेको फलामको पन्यु झिकेर मझेरीमा राख्दै आउ यहॅा वस भन्नु भएछ। त्यो कुखुरो पनि नभन्दै त्यही पन्यूमा थ्याच्च वसेछ।तातो रातो पन्युले कुखुराको खुट्टा च्वार्र पोलेछ। आत्थु वावा अव त ॲाउदिन भन्दै कुलेलाम ठोकेछ। ॲाबै ल खाइस भन्दै ॲाफ्नो बुध्दिले काम गरेकोमा दंग पर्दै खुसी हुनु भएछ। त्यतिकै वेला हजुर बुबा घर आइ पुग्नु भएछ र ॲाबैलेसविस्तार सवै वताउनु भएछ। दुबैले वल्ल स्वाद खायो ठीक गरिछौ भनेर स्यावास्सी दिनु भएछ। त्यस पछिका केही बर्ष सुखमय समयविताॅउदै गर्दा १९९० सालको महा भूकम्पले सो घर क्षत विक्षत पुर्याइ दिएछ। वाल वाल भूकम्पबाट बच्नु भए पछि हप्तौं लगायर ढुंगाकोपहरो फुटाइ एक बलियो ठॅाउमा घर वनाइ वस्नु भएको थियो रे! वार वार भुतले सताइनु भएका हजुर बुबा हजुर ॲामा झण्डै भूकम्पलेमारेको पनि वॅाचेर सुखी जीवन सहित काल व्यतितलगर्नु भनेको हाम्रो लागि त ठूलै कथा वन्यो। यस्ता भुतका कथा र प्रकृतिक प्रकोपका कथा गॅाउ घरमा थुप्रै पाइन्छन। फरक मान्छेहरू संग फरक फरक कथा र व्यथा हुन्छन। एकदिनको कुरा हो, म सात कक्षामा पढ्थे। हाम्रो एउटा सानु चिया पसल थियो ठॅाटीमा। पसलको सामान लिन झण्डै चार कोसको बाटोशहरमा जानु पर्दथ्यो। ठूलो बुबा पसलमा वस्नु हुन्थ्यो। शनिवारको दिन म पसलको सामान लिन पिपलथोक बजार गए। सामान खागीझोलामा कुरूम्तै थियो। टन्न सामान बोकेर घर तिर लागे। आहाले भन्ज्यां आइपुग्दा झमक्क सॅाझ पर्यो। ॲझै बाटो डेढ घण्टाको थियो।भोक त तिर्खाले मलाइ केही बेर देखि सताइ रहेका थिए। आहाले भन्ज्यांको समिको बोटको चौतारोमा झोला विसॅाए र साथमा भएकोखाजा विस्कुट र एक चौथाइ जती खोल्तीमा भएको भटमास चपाए। अनि धाराको पानी पेटभरी खॅाए। थकाइ पनि मर्यो, भोक पनि टर्यो।म खकने झोला भिरेर कोखे आहालेको करिव ४५ मिनेटको उकालो उक्लिॅए। ताप्लेको तेर्सो काटेको थाहै भएन। ताप्लेबाट गॅाउ लाग्दाभने खुड्का खुड्की ओरालो झर्नु पर्थ्यो। जुनेली रात थिए र म संग लाइट भए पनि बाल्नु परेको थिएन। ॲाउदा ॲाउदा रातको ९-१० बजेजस्तो लाग्यो। हिड्दा हिड्दा ज्यान थाकेको र पसलको सॅाचो ॲाफुसंगै भएकाले केही तल भएको घर जानु भन्दा पसलमै गएर सामानथन्क्याइ सुत्छु भनि तेर्सै ठॅाटी बजार तिर लागे। पुरानो गा. वि. स. भवन काटे पछि एक पोखरी र चौतारो ॲाउ थ्यो। त्यो पोखरी धेरैपहिला गाइ वस्तुलाइ पानी खुवाउन नपॅाउदा गॅाउलेले खनेका थिए रे। त्यो पोखरीमा आकासको पानी परेको वेला भरियर लामै समयसंमवस्तु भाउले खान्थे। त्यहॅा राती वोक्सीले वत्ती वाल्छन भन्ने हल्ला सुनेको थिए। त्यो भन्दा उतापटिको चौतारोमा पनि राती वत्ती वल्छ भन्नेछिमेकीहरूले वतॅाउथे। म सोच सोचमै ती कुराहरू संझन लागे। पोखरी तिर झट्ट ॲाखा पुगे सुकेको थियो र खासै केही थिएन। सुरू सुरूअगाडि बढे। अलिक अगाडि पुगे पछि माथि गर्हाबाट स्वार्र स्वार्र माटो फाल्यो। म प्रायस डरॅाउदिन थ्ये र भूत प्रेतको विश्वास पनिलाग्थेन। मुसाले कान्लाबाट माटो फालेको होला भन्दै अगाडि बढे। बाटो फराकिलै थियो र तल्ला पटी सजीउनका बार थीए । अलिकअगाडि पर्खाल लगाएको थियो र माथिल्ला पटि पिपलको बोटको पुरानो चौतारो र ठुलो पिपलको बृक्ष थियो। त्यसको नजिक करिब१०-१५ हात वर पुगेको थिए। पिपलको रूखको ठूलो हॅागा सर्ल्याम्म सुत्यो र मेरो बाटो रोक्यो। पत्यार लागेन ॲाखा तन्कायर हेरे।पिपलको हॅागाले बोटो पुरै बन्दछ। टाउको र ज्यान सिरिंग भयो। अब भने मवमा अलिक डर लाग्यो। सॅाचै यो के होला? मनमा कौतुहलजाग्यो। अब कता जाने, घर टाढा छ। पसल आइ पुग्न लागेकोछ। मनमा विचार गर्दै थिए। फेरी डराइ डराइ एक पटक बाटो छेकिएकोठाॅउमा हेरे। रछाया रछाया देखियो। त्यो बाटो भन्दा अर्को ठाॅउ नभएको र कान्ला मुनी वा डिल माथी चढेर जान नसक्ने भारी भएकाले त्यतै अगाडी बढ्ने सुरमा अगाडि हेरे। बाटोको रूख त हटी सकेछ। बाटोमा केही नदेखे पछि देखेर मन खुसी हुॅदै अगाडि बढे। चसक्कमनमा डर पसेको भए पनि अलि पर पुगे पछि फेरी फर्किएर हेरे तर केही भए जस्तो लागेन। विस्तारै मनमा कुरा गुन्दै पसल पुगे। ढोकाखोलेर भारी विसाइ सके पछि केही खान मन लाग्यो । चिया च्यूरा खाने विचार गरे तर चुल्हो वाहिर थियो। बलै सहास झिकेर विस्तारैघोका खोलें। भित्र कुनाको कोठीबाट अलिकती दाउरा ल्याएर चुल्हो सल्कॅाए। आगो बाले पछि भुत ॲाउदैन वा भाग्छ भन्ने थियो र मअल्ली ढुक्क भएॅ। चिया च्यूरा खान पॅाउने र आगो पनि ह्वारारा वलेकोले डरको मात्रा धेरै घटेको थियो। तर समस्या पल्ला घरमाथिल्ला घर कॅाप्ने मान्छेहरू रहेकाले चीया उम्लना साथ केत्ली भित्र लगे र आगो छोप छाप वनाइन ढोका लगॅाए। अनि मन ढुक्क भयो।मिठो च्यूरा र चिया टन्न खाएर सुत्ने तरखर तिर लागे।भुॅइ भन्दा चार इन्च अग्लो खाटमा गुन्द्री माथि एक काम्लो राखी पातलो सिरक भित्रयसरी गटुल्मुटुल्किए की साहेद त्यहॅा भुत आएर तानेको भए पनि मलाइ र सिरकलाइ चलाउन सक्ने थिएन होला। भुत पिरेत, पिचास, डाइनी, वोक्सी को कत्ती विश्वास नगर्ने भए पनि ॲाखै अगाडि देखा परेका घटनाहरू र बुढी ॲाबै का कथाहरूले केही सोच्न मलाइ बाध्यवनायो । इश्वरी भट्ट न्यूह्यामसायर अमेरीका