साहित्यसागरलाई प्राप्त शुभकामना सन्देशहरू
डा. गंगा प्रसाद उप्रेती
कुलपती, नेपाल प्रज्ञा प्रतिष्ठान
जीबा लामिछाने
पुर्व अधक्ष, गैर आवासिय नेपाली संघ अन्तर राष्ट्रिय सवन्वय परिषद
NRNA ICC पुर्व अध्यक्ष जीबा लामिछानेको सन्देश
गोविन्द प्रसाद गौतम
सँयोजक गैर आवासिय नेपाली संघ, भाषा तथा साहित्यउपसमिति २०१७-२०१९
सँयोजक गोविन्द प्रसाद गौतमको शुभकामना सन्देश
गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद, भाषा तथा साहित्य उपसमितिको उत्तर अमेरिका स्थित अमेरिकाको क्यालिफोर्निया राज्यका हाम्रा सदस्य श्री मणी नेपाली पनेरु जीको सक्रिय नेतृत्व र भिजनमा यो कार्य भएको हो । नेपाली भाषा र साहित्यको श्रीबृद्धीका लागि भएको यो प्रयाश प्रसंसनिय र सह्रानिय छ । यो वेवसाइडले NRNA को पहिलो अन्तर्राष्ट्रिय नेपाली भाषा तथा साहित्य सम्मेलनका प्रमुख अतिथि साहित्यकार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा श्री गंगाप्रसाद उप्रेतीज्यूका बाहुलीबाट अनावरण हुने अवशर पाउनु अर्को गौरवको कुरा हो । गत सेप्टेम्वर महिनाको १ र २ तारिखमा अमेरिकाको बोस्टनमा भएको सम्मेलनमा यसको समुद्घघाटन भएको थियो ।
कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठान सँगको समन्वययमा भाषा साहित्य उपसमितिले प्रकाशन गरेको डायस्पोरिक कथाकारहरुको कथा संग्रह अन्तर्देशिय नेपाली कथाहरुको पनि विमोचन भएको थियो ।त्यस्तै गरी भाषा साहित्य उपसमितिको अर्को पुस्तक सल्लाहकार रमेश पौडेल द्वारा सम्पादित नारी हस्ताक्षर मुक्तक संग्रम र उत्तर अमेरिकाका कथाकारहरुको अंग्रेजी भाषामा अनुवादित कथा संग्रह डिस्टेण्ट सनरेज पनि बिमोचन भएको थियो ।
यस वेवसाइडले नेपाली हिन्दि अंग्रेजी साहित्यका पाठकहरुलाई एकै ठाउँमा बसेर आफुले इच्चाएका बिबिध साहित्यक बिधाहरुको अध्यन गर्न सरल र सहज ढंगले पाउनेछन । यसले अध्ययन र अध्यापन गराउँनेहरुलाई र सोधकर्ताहरुलाई समेत श्रोतको रुपमा सहयोग पुर्याउने छ भन्ने मैले विश्वार लिएको छु । यसले नाम अनुसारकै साहित्यको सागर भएर सन्सार घुम्न र यात्रुहरुलाई संसार घुमाउन सफल होस । हार्दिक शुभकामना दिन चाहान्छु ।
भवदिय
गोविन्दप्रसाद गौतम
संयोजक
गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति,
भाषा तथा साहित्य उपसमिति २०१७ – २०१९