नेपाली भाषाको लिखित इतिहास नै १०३२ वर्ष पुरानो छ । नेपाली भाषाको इतिहासको कुरा गर्ने हो भने आजभन्दा १०३२ वर्षअघि भूपाल दामुपालको समयको दुल्लु शिलालेख नै हाम्रो अहिलेसम्म भेटिएको प्राचीन दस्तावेज हो।नेपाली भाषा संसारका नैसर्गिक वा प्राकृतिक भाषाहरूमध्ये एक हो । यो कुनै कृत्रिम भाषा होइन । यसको आफ्नो मौलिक स्वरूप छ । यसको आफ्नो इतिहास र सुदीर्घ परम्परा छ । यसका आफ्ना संरचनागत विशेषताहरू छन् । नेपालभित्र र बाहिर ठूलो सङ्ख्यामा यसका वक्ताहरू छन् । कथ्य र लेख्य अनि औपचारिक र अनौपचारिक सबै प्रकारका भाषिक अभिव्यक्ति यसका माध्यमबाट हुँदै आएका छन् । नेपालको एक प्रमुख राष्ट्रभाषाका रूपमा रहेको यस भाषाका विभिन्न क्षेत्रीय, सामाजिक र प्रयोजनपरक भेदहरू रहेका छन् ।बोलीचालीको भाषाका रुपमा नेपाली भाषा धेरै पहिलेदेखि समाजमा रहँदै आए पनि संस्कृत सुसंस्कृत भाषा मानिने भएकाले लेख्य रुपमा भने लामो समयसम्म संस्कृत भाषाकै प्रधानता थियो।
नेपाली भाषाको इतिहासको कुरा गर्ने हो भने आजभन्दा १०३२ वर्षअघि भूपाल दामुपालको समयको दुल्लु शिलालेख नै हाम्रो अहिलेसम्म भेटिएको प्राचीन दस्तावेज हो। यो बिक्रम सम्वत १०३८ को हो। यसमा लेखिएको छ–ओ… (मणि?) पद्मे हुँ।… दामुपाल भुपाल रेख भई। किष्णु अडैको भाइ सउंपाल अडै सा (के?) ९०३।दामुपाल पुण्य मल्लका पूर्वज आदि पालका नातेदार कत्युरी नरेश हुन्। रेख भनेको सीमाङि्कत रेखाकंन हो। अडै एक प्राचीन उच्च पदवी हो भने सउंपाल भनेको सोमपाल हो।अहिलेसम्म भेटिएकै नेपाली भाषाको सबैभन्दा पुरानो लिखित इतिहास नै १०३२ वर्ष पुरानो छ भने बोलीचालीका भाषाका रुपमा कति लामो समयदेखि यो समाजमा फैलँदै आएको थियो होला भन्ने हामी यसबाटै अनुमान लगाउन सक्छौँ।बोलीचालीको भाषाका रुपमा नेपाली भाषा धेरै पहिलेदेखि समाजमा रहँदै आए पनि संस्कृत सुसंस्कृत भाषा मानिने भएकाले लेख्य रुपमा भने लामो समयसम्म संस्कृत भाषाकै प्रधानता थियो।म पुतलीसडकमा बस्छु। मेरो घरनजिकैको शंकरदेव क्याम्पस शंकरदेव पन्तले स्थापना गरेका हुन्। त्यस्तै यदुनाथ खनाल नेपालका ठूला कुटनीतिज्ञ हुन्। तर, रामप्रसाद मानन्धरको नाम पन्त वा खनालको भन्दा ठूलो मानिन्थ्यो। धेरैजनाले मानन्धरकै नाम बढी सुनेका छन्।मानन्धर टेनिसनको जस्तो मीठो अंग्रेजीमा कविता वाचन गर्नसक्थे। अंग्रेजी मीठोसँग बोल्ने भएरै उनलाई धेरैले चिन्थे।
अंग्रेजी वा संस्कृतमा लेख्नु वा बोल्नुलाई ठूलो मान्ने चलन समाजमा अहिलेसम्म पनि छँदैछ। त्यसैले पनि नेपाली हाम्रो समाजको बोलीचालीको भाषा नै बढी थियो। भानुभक्त आचार्यले बाल्मिकीको रामायण नेपाली भाषामा अनुवाद गरेर घरघर पुर्याएपछि नै नेपाली भाषा लेख्य रुपमा बढी प्रयोग हुन थालेको हो। तर, त्योभन्दा कयौँ वर्षअघि नै, आजभन्दा हजार वर्षअघि नै नेपाली भाषामा आयुर्वेदको जानकारी भएको लेख ‘बाज परीक्षा‘ शीर्षकमा भाषाशास्त्री बालकृष्ण पोखरेलको किताब ‘पाँच सय वर्ष‘मा जोकोहीले हेर्न/पढ्न सक्छ।भाषाशास्त्री तारानाथ शर्मा नेपाली भाषालाई तीनजनाले बिगारेका हुन् भन्छन्। उनको भनाइमा ईश्वर बराल, इन्द्रबहादुर राई र अर्को एकजनाले नेपाली भाषाको रुप बिगार्न सुरु गरेका हुन्।मेरो विचारमा नेपाली भाषा बिगार्ने काम विश्वराज आत्रेय र पुर्णप्रकाश नेपाल ‘यात्री‘ले पनि गरेका हुन्। उनीहरुले भाषामा लालित्य थप्ने निहुँमा तथ्यलाई नै चलाइदिए जसले भाषा बिगार्यो।नेपाली समाजमा धेरै लामो समयदेखि, हजारौँ वर्षदेखि प्रचलनमा रहेको नेपाली भाषाबाट कयौं शब्द संस्कृत भाषामा गएका छन्। जसरी ४ सय तमिल शब्द संस्कृत भाषामा मिसिएर संस्कृतलाई अझ समुन्नत भाषा बनाएका छन्, त्यसैगरी पनि नेपाली भाषाबाट पनि थुप्रै शब्द संस्कृतमा गएका छन्। यसको अनुसन्धान र गहिरो खोज हुन आवश्यक छ।अहिले नेपाली भाषामा एक देखि सवा लाख शब्दहरु छन्। यदि एउटै शब्दको अनुसन्धान गर्दै गयौँ भने ठेलीका ठेली किताब बन्छन्।एउटा शब्द एउटा भाषामा थपिनु नै ठूलो घटना हो, ठूलो प्रक्रिया हो त्यो, अझ एउटा भाषा निर्माणको प्रक्रिया कति बृहत र ठूलो हुन्छ भन्ने यो सानो लेखमा बुझाउन सकिँदैन।समीको रुख नेपाल र भारतमा मात्र पाइन्छ। समीको रुखमा हुने शारीरिक प्रतिक्रियाबाटै जन्मेका हजारवटा क्रिया छन्। यसरी नै बुझ्न सकिन्छ, नेपाल र भारतबाटै व्याकरणलाई हजारवटा क्रियापद प्राप्त भएका छन्।भानुभक्तको रामायणभन्दा धेरै अगाडि नेपाली भाषाको स्तर र गुण निकै परिष्कृत र माझिएको थियो तर यसबारे अझै राम्रोसँग अनुसन्धान हुन सकेको छैन। जंगबहादुर राणाका भाइ कमाण्डर इन चिफ कृष्णबहादुर राणाको सहयोगमा रामायण छापिएको कारण पनि यो धेरैको पहुँचमा पुग्न सकेको हो।नेपाली भाषालाई दलितहरुले सम्बृद्ध गरेका हुन्। यसको जस दलितहरुलाई दिनैपर्छ। सीमित समुदायमा रहेको नेपाली भाषालाई देशभरि फैल्याउने काम दलितहरुले नै गरेका हुन्। फलामको काम गर्न वा लुगा सिलाउन राईलिम्बु वा अन्य समाजमा दलितको प्रवेशसँगै नेपाली भाषाले पनि त्यहाँ विस्तार पायो। यो तथ्य समाजशास्त्री जगमान गुरुङले आफ्नो लेखमा उल्लेख गरेका छन्।नेपालमा तीनवटा सभ्यता छन्। एउटा जीवित र चलायमान नेवारहरुको सभ्यता। अर्को खसहरुको अर्धमृत सभ्यता। तेस्रो मैथिल मृत सभ्यता।नेपालमा भएका अन्य जातजाति, समुदाय भने कुनै सभ्यता होइनन्। यी त मात्र संस्कृति हुन्।
‘मैथिल‘ बिक्रमको पन्ध्रौँ शताब्दीदेखि विकास भएको भाषा हो। ज्योतिश्वर ठाकुरको ‘वर्णरत्नाकर‘ नै मैथिल भाषाको अहिलेसम्म भेटिएको पुरानो लिखित दस्तावेज हो जसको इतिहास आजभन्दा करिब ५ सय वर्षअघिको छ।मैथिल महाकवि विद्यापतिले लेखेका करिब हजारवटा गीतहरुमध्ये केहीमात्र पढ्ने हो भने थाहा हुन्छ, कति सम्पन्न, कति सभ्य र सुसंस्कृत छ यो भाषा।छिमेकी भारतको लोकप्रिय हिन्दी भाषालाई ‘खडीबोली‘ भनिन्थ्यो। यसको इतिहास धेरै पुरानो छैन। यो भाषा करिब २ सय वर्षयतामात्र विकास भएको हो। हिन्दी भाषा धेरै जनसंख्या भएका भारतका राज्यहरु उत्तर प्रदेश, मध्य प्रदेश, बिहारमा बढी प्रचलित छ।भारत र नेपालमा गरेर करिब ४ करोड २० लाख मानिसले मैथिल भाषा बोल्छन्। यति धेरैले बोल्ने भएर पनि भारतीय संविधानको आठौँ अनुसूचीमा सन् २००३ मा मात्र यो भाषाले स्थान पायो।नेपाल र भारतमा गरेर मैथिल भाषाभन्दा कमले बोल्ने भए पनि त्योभन्दा धेरै अघि भारतीय संविधानको आठौँ अनुसूचीमा नेपाली भाषाले स्थान पाएको छ। नेपाली भाषाको गहिराइ र समुन्नत विकास प्रक्रियाले पनि यो भाषा समाजले रुचाएको हो।साम्प्रदायिकतामा भने एकप्रकारको निर्लज्जता हुन्छ। जब मानिस साम्प्रदायिकतामा ओर्लन्छ, त्यसको बचाउ गरिरहनु वा विरोध गरिरहनु आवश्यक हुँदैन। साम्प्रदायिक रुपमा जब मानिस केही बोल्छ वा केही भन्छ, त्यसको खण्डन गरिरहनु जरुरी हुँदैन।तराईमा वर्गको अनुभूति एकदमै बढी छ। वर्गको अनुभूति बढी भएको भाषामा विविधता हुन्छ, जीवन्तता हुनुपर्ने हो। मैथिल भाषामा भने वर्गको अनुभति भएको स्तरमा जीवन्तता र विविधता छैन।
मैथिल विद्वान उपेन्द्र झा र उपेन्द्र ठाकुरले मैथिल सभ्यताबारे लेखेको किताबमा उल्लेख छ– त्यो सभ्यतामा वास्तुकलाको विकास थिएन। रामायण जो आफैं मैथिल सभ्यताको एउटा ग्रन्थ हो, त्यसमा पनि हामीले कतै वास्तुकलाको चित्रण पाउँदैनौँ।
मैथिल सभ्यतामा ‘अरिपन‘मात्र भेटिएको छ। अरिपन भनेको पीठोले भुइँमा वा भित्तामा जसरी रेखी हालिन्छ, त्यस्तै परम्परा हो। यसरी मृत रुपमा रहेको मैथिल भाषालाई जगाउने प्रसस्त सम्भावना छन्। मैथिल सभ्यताको उत्थानका लागि जो कसैले मेहनत गरेदेखि राम्रो हुन्थ्यो। एउटा भाषाको जीवन्तताका लागि यथासक्य पहल सबैले गर्नुपर्छ।
नेपाली,भाषा,नेपालको,सम्पर्कभाषा तथा भारत, भुटान र म्यानमारको केही भागमा मातृभाषाको रूपमा बोलिने भाषा हो। यो भाषा भारोपेली भाषा परिवार समूहमा पर्दछ। यो भाषा नेपाल र भारतको आधिकारिक (सरकारी कामकाजको) भाषा पनि हो। खासगरि सन् १९९० पछि लाखौं संख्यामा नेपालीहरू,आप्रवासीका,रूपमा,विदेशिनथालेपछि अस्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा, युरोपेली सङ्घ र खाडी मुलुकहरूमा नेपाली भाषीहरू छरिएका छन्। नेपालका करिब आधा जनसङ्ख्याले आफ्नो मातृभाषाको रूपमा यो भाषा बोल्ने गर्दछन्। देवनागरी लिपिमा लेखिने यो भाषामा २ किसिमका वर्णमाला छन्। स्वरवर्णमा १२ र व्यञ्जनवर्णमा ३६ वटा वर्णहरू रहेका छन्।
नाम
आधिकारिक र व्यापक रूपमा नेपाली भाषा भनेर चिनिएतापनि नेपाली भाषालाई विभिन्न समुदायहरूमा विभिन्न नामले चिन्ने गरिन्छ। नेपाली भाषाको सबैभन्दा पुरानो नाम खस कुरा हो। खस समुदायको मातृभाषा भएकाले यसलाई खस भाषा भनेर चिनिन्छ। नेपाली भाषालाई पर्वते कुरा भनेर पनि चिनिन्छ। यो नाम काठमाडौँ उपत्यकामा बढी प्रचलित छ। गोर्खा राज्यले औपचारिक भाषाका रूपमा अङ्गिकार गरिएको भएर यस भाषालाई गोर्खाली भाषा भनेर पनि चिनिन्छ।
नेवार समुदायमा खय् (खे) / पर्त्या
तामाङ समुदायमा ज्यार्दी ग्योई / ज्यार्ती ग्योत्
चेपाङ समुदायमा खस्अन्त
ल्होवा समुदायमा रोङकेक
दुङ्माली समुदायमा खसे पुक
भाषिका
नेपाली भाषाका विभिन्न भाषिकाहरू छन् । ती मध्ये केही यस प्रकारका छन् ।
1. औपचारिक नेपाली भाषा
2. पूर्वेली नेपाली भाषा
3. सिम्ताल नेपाली भाषा
4. भारतीय नेपाली भाषा
5. बर्मेली नेपाली भाषा
6. भुटानी नेपाली भाषा
7. कर्णाली नेपाली भाषा
8. गैर-मातृभाषीहरूमा नेपाली भाषा
आधारित भाषिका
नेपाली भाषामा आधारित अन्य बोलीहरू यस प्रकारका छन् :-
1. मेटी भाषा – नेपालको तेस्रोलिङ्गी मेटी समुदायले बोल्ने बोली
व्याकरण
नेपाली साहित्य लाई नेपाली उखान-टुक्का तथा गाउँ खाने कथा आदिले एकदमै रोचक र धनी बनाएको छ।
• पुरुष: प्रथम पुरुष = म, हामी; द्वितीय पुरुष = तँ, तिमी, तपाईँ; तृतीय पुरुष = ऊ, उनी, उनीहरू;
• वचन: एक वचन = म, तिमी, ऊ, उनी, तिनी, त्यो; बहु वचन = हामी, तिमीहरू, उनीहरू, तिनीहरू।
अनुस्वार, लेखन र उच्चारण विधि
कं ं
अनुनासिक वर्ण अनुस्वार वर्णक अ + ङ् अ + ं (अनुस्वार) अं (अङ्), क + ङ् क + ं (अनुस्वार) कं (कङ्)l अनुनासिक अक्षर: कं खं गं घं ङं क्षं (अनुनासिक उच्चारण अर्ध ङ / ङ् ), चं छं जं झं ञं ज्ञं (अनुनासिक उच्चारण अर्ध ञ / ञ् ), टं ठं डं ढं णं (अनुनासिक उच्चारण अर्ध ण / ण्), तं थं दं धं नं त्रं (अनुनासिक उच्चारण अर्ध न / न् ), पं फं बं भं मं यं रं लं वं शं षं सं हं (अनुनासिक उच्चारण अर्ध म / म्), स्पर्स वर्णका अर्ध अनुनासिक वर्ण आ – आफ्नै वर्गका अघि हुँदा अनुसार उच्चारण हुँदछ।
(स्पर्स वर्ण क देखि म सम्मका २५ अक्षर \ अनुनासिक अक्षर ङ ञ ण न म)
क वर्गका पाँच अक्षर “क, ख, ग, घ, ङ” (अर्ध ङ अनुनासिक वर्ण) कण्ठ्य उच्चारण । क वर्ग अक्षर, अनुस्वार उच्चारण हुँदा अर्ध ङ / ङ् वर्ण अघि, “क ख ग घ ङ” वर्ण पछि हुँदछ। जस्तै अङ्क,पङ्खा, गङ्गा, उलङ्घन, टङ्ङ (अंक, पंखा, गंगा, उल्लंघन, टंङ) आदि च वर्गका पाँच अक्षर “च, छ, ज, झ, ञ” (अर्ध ञ अनुनासिक वर्ण) तालव्य उच्चारण। च वर्ग अक्षर, अनुस्वार उच्चारण हुँदा अर्ध ञ / ञ् वर्ण अघि, “च छ ज झ ञ” वर्ण पछि हुँदछ। जस्तै अञ्चल, हुञ्छ, जनरञ्जन, झञ्झट (अञ्चल, हुंछ, जनरंजन, झंझट) आदि ।
ट वर्गका पाँच अक्षर “ट, ठ, ड, ढ, ण” (अर्ध णअनुनासिक वर्ण) मुर्धन्य उच्चारण। ट वर्ग अक्षर, अनुस्वार उच्चारण हुँदा अर्ध ण / ण् वर्ण अघि, “ट ठ ड ढ ण” वर्ण पछि हुँदछ। जस्तै कण्टक, कण्ठ, डण्ड, (कंटक, कंठ, डंड) आदि। त वर्गका पाँच अक्षर ‘त, थ, द, ध, न‘ (अर्ध न अनुनासिक वर्ण) दन्त्य उच्चारण। त वर्ग अक्षर, अनुस्वार उच्चारण हुँदा अर्ध न / न् वर्ण अघि, “त थ द ध न” वर्ण पछि हुँदछ। जस्तै सन्त, पन्थ, कन्द, अन्ध, अन्न, तन्त्र, मन्त्र (संत, पंथ, कंद, अंध, अंन,तंत्र, मंत्र) आदि)। प वर्गका पाँच अक्षर “प, फ, ब, भ, म” (अर्ध म अनुनासिक वर्ण) ओषठ्य उच्चारण। प वर्ग अक्षर, अनुस्वार उच्चारण हुँदा अर्ध म / म् वर्ण अघि, ‘प फ ब भ म’ वर्ण पछि हुँदछ। जस्तै कम्प, पम्फा, गुम्बा, सम्भव, टम्म (कंप, पंफा, गुंबा, संभव, टंम) आदि। अंतस्थ वर्णका चार अक्षर “य र ल व” (अर्ध म अनुनासिक वर्ण)। अंतस्थ वर्ण, अनुस्वार उच्चारण हुँदा अर्ध म / म् वर्ण अघि, “य, र, ल, व” वर्ण पछि हुँदछ । जस्तै सम्यम; सम्रक्षण, सम्लाप, सम्वहन (संयम, संरक्षण, संलाप, संवहन), आदि[स्रोत नखुलेको]। उष्म वर्णका तिन अक्षर ‘श, ष, स’ तालव्य ‘श ’मुर्धन्य‘ष’ दन्त्य ‘स‘ (अर्ध म अनुनासिक वर्ण) उष्म वर्ण अनुस्वार उच्चारण हुँदा अर्ध म / म् वर्ण अघि र श ष स वर्ण पछि हुँदछ
। जस्तै वम्श[स्रोत नखुलेको], कम्स, सम्सार (वंश, कंस, संसार ) आदि । प्राण वर्ण एक अक्षर “ह” (अर्ध म अनुनासिक वर्ण) प्राण वर्ण अनुस्वार उच्चारण हुँदा अर्ध म म्) वर्ण अघि, ह वर्ण पछि हुँदछ। जस्तै सम्हार, सिम्ह (संहार, सिंह) आदि।
चन्द्र बिन्दु, उच्चारण र लेखन विधि
चन्द्र बिन्दु ँ
अर्ध ञ (ञ् / ) वर्णको चिन्ह चन्द्रबिन्दु ँ (नाक र मुखबाट एकै चोटि उच्चारण हुँदछ)।
अ + ञ् अ + ँ अँ (उच्चारण अञ्)
क + ञ् ञ क + ँ कँ (उच्चारण कञ्)
चन्द्र बिन्दु ँ अक्षर: कँ खँ गँ घँ ङँ चँ छँ जँ झँ ञँ टँ ठँ डँ ढँ णँ तँ थँ दँ धँ नँ पँ फँ बँ भँ मँ यँ रँ लँ वँ शँ षँ सँ हँ क्षँ त्रँ ज्ञँ
नेपाली ध्वनिविज्ञान
मुख्य लेख : नेपाली ध्वनिविज्ञान
नेपालीमा ११ वटा ध्वनिकीय विशिष्ट स्वरहरू र ३० वटा व्यञ्जन छन् ।
भाषा सुधार
मुख्य लेख : नेपाली भाषा सुधार
विभिन्न दृष्टिकोणहरूबाट भाषामा गरिने सुधार वा भाषाको नभई योजनाबद्ध ढङ्गले गरिने परिवर्तन नेपाली भाषामा पनि भएको छ ।
नेपाली भाषा बोलिने देशहरू
शब्दकोश
• नेपाली बृहत् शब्दकोश, प्रकाशक नेपाल प्रज्ञा प्रतिष्ठान
• नेपाली शब्दसागर, सम्पादक वसन्तकुमार शर्म्मा ‘नेपाल’
• प्रयोगात्मक नेपाली शब्दकोष, सम्पादक हेमाङ्गराज अधिकारी, बद्रीविशाल भट्टराई
• Nepal royal wisdom – Establishment,
• Schmidt, R. L. A Practical Dictionary of Modern Nepali.
• Ralph Lilley Turner A Comparative and Etymological Dictionary of the Nepali Language.
व्याकरण पुस्तकहरू
• राम्रो रचना मीठो नेपाली
• मध्यचन्द्रिका
• मध्यस्तकर्ता व्याकरण लेखक बलदेव गाँउले
सिम्ताल नेपाली भाषा
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपालको सुर्खेत जिल्लाको पूर्वी भेगमा रहेको सिम्ताल क्षेत्रमा बोल्ने नेपाली भाषालाई सिम्ताल भाषिका भनिन्छ । यस भाषिकाको आत्मनाम सिम्ताल हो भने परनाम सिम्तली हो ।
केही वाक्यहरू |
|
सिमताल भाषिका |
औपचारिक नेपाली भाषा |
छोरो अल्लै आयो । |
छोरो भर्खर आयो । |
उ खेल्न गयाउ थियो |
ऊ खेल्न गएको थियो । |
बेलि बेसगरि पानि पर्यो । |
हिजो बेसरी पानी पर्यो । |
भारतीय नेपाली भाषामा वचन भेद छैन ।
भारतीय नेपाली भाषामा आदरार्थी उच्च र अत्युच्च आदरार्थीको प्रयोग गरिँदैन ।
भारतीय नेपाली भाषामा लिङ्ग भेद गरिँदैन ।
देहरादून, भाक्सू, नैनीताल, दिल्ली, राँची आदि तिर बोलिने नेपाली भाषा पश्चिमाञ्चल समूह अन्तर्गत पर्दछ ।
दार्जिलिङ, सिक्किम, डुवर्स आदि तिर बोलिने नेपाली भाषा मध्यमाञ्चल समूह अन्तर्गत पर्दछ ।
आसाम लगायत पूर्वाञ्चल प्रान्त तिर बोलिने नेपाली भाषा पूर्वाञ्चल समूह अन्तर्गत पर्दछ ।
नेपालको कर्णाली क्षेत्रमा बोलिने नेपाली भाषाको भाषिका नै नेपाली भाषाको जननी भाषिका हो । कर्णाली क्षेत्रमा नेपाली भाषालाई आफ्नो पुरानो नाम खस भाषा भनेरै चिनिन्छ ।
कर्णाली नेपाली भाषाको देहायका उपभाषिकाहरू छन् :
देवनागरी (आधिकारिक), कैथी (ऐतिहासिक) र विभिन्न क्षेत्रीय लिपि |
|
nep – inclusive code |
|
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट