नारी अस्तित्व खोसिएको, त्यो भुमिबाट उठौं !
आखामा उर्लिएका आँसुका छाल पुछेर  उठौं !!


समाजले तिम्रो गर्भासयसंग बिरोध गर्दा !
थुप्रै असत्यहरुबाट एउटा सत्य ओकल्न  उठौं !!


चिसो बोराको ओछ्यानमा, लाग्दोहोला कति डर !
तिम्रो रजस्वला संगै त्यो छाउपडी उघारेर उठौं  !!


हुम्लाको त्यो बहुपति प्रथा बिर्सेको छैन आज पनि !
तराइको दाइजो र बोक्सीको निहुमा जल्न छोडी उठौं !!


नबिर्स बार्पाककी त्यो फूलमायाको कथा पनि !
महिला हिँसा र उत्पीडनलाइ पन्छाएर अब  उठौं !!


लक्ष्मी परियार जस्ता कयौ चेली कुटिएरै मारिए !
अन्याय र कुसस्कारको बिरुद्दमा खम्बा भइ उठौं !!


तिम्रो नाङ्गो शरिर अनि भोको पेटको आलोचनासंग !
कयौं पटक बलात्कार त्यो मन च्यातेर अब उठौं !!


बिर्सेको छैन उमा सिंहलाइ पत्रकार भनेर मारेको !
अत्याचारको पोल खोल्दै , कलम तिखार्दै फेरी उठौं !!


दंदकालमा उजाडिएका ति हजारौ सिउँदोलाइ सोधी हेर !
रंगहीन ती चेलीहरुको फेरी बुलन्द आबाज बनेर उठौं !!


न्यायकै खोजीमा प्राण त्यागे नन्द प्रसाद अधिकारीले !
ढुकढुकी लिएर बाँचेकी गंगामायाको आवाज बनि उठौं!!


हाम्रै छोरी निर्मला स्वर्गबाट रुदै कति धिक्कार्दैछिन !
बलात्कारीको लिंग काट्न धारिलो हतियार लिइ  उठौं!!


थाकेको अनुहार लिएर दशधारा रसाउने नारी हामी !
महिला हुनुमा गर्व मान्दै संसात्भारिका दिदीबहिनी उठौं!! 

दिक्षा बस्नेत
महिला सम्योजक
 NRN NCC of USA 2019-21
 

“तिमीले उठ्नु पर्छ चेली “


Diksha Basnet is a poetess and social worker as well as freelance journalists. She is currently women coordinator of NRNA, NCC of USA. 

EDITOR'S CONTACT

If you have any questions and concerns, please feel free to contact us any time.
CONTACT INFO
Address:
4725 Fall Avenue , Richmond, CA 94804
 
Telephone:
510-323-6802
Fax:
510-374-6112
SEND YOUR WORK
If you would like publish your work in this web site, please send your ready to publish poem, articles, stories, humor or any other work
Name
Message
Email
Phone
SEND