धनराज गिरी नेपाली साहित्यमा विविध ढङ्गले समर्पित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा सारभूत परिचयसहित उनको ‘खुसी’ शीर्षकको गजल रचना समेटिएको छ । यस रचनाबाट मानवको खुसी खोज दुर्घटित भएको पक्ष उजागर गरिएको छ ।
-सम्पा. |
खुशी हाम्रो पाहुना हो,केही दिन बस्ने !
दुःख हाम्रो सहयात्री गोमन बनी डस्ने !
खुशी, खुशी, स्थायी खुशी यहाँ कसले पायो ?
रामचन्द्र,धर्मराज पनि जङ्गल पस्ने !!
कोही पनि छैन खुशी, देखिएको नाटक !
जति शक्ति उति दुखी, पीरले पाता कस्ने !
सायद सबै अभिनय गर्न अभिशप्त !!
जागी लोभ,खोजी लाभ चिल्लो बढी घस्ने !!
ढुक्क यता दुर्योधन राधेयको भरमा !
बनी मित्र दानवीरले उल्टो छुरी धस्ने !!